बिक्रम सम्बत १९९० सालको महाभुकम्प पछी बनाइएको यो सत्तलमा प्रयोग भएका काठ, काठका खम्बा, झ्याल तथा अन्य सामाग्रीहरू अर्को एउटा सत्तलको थियो जुन सत्तल १९९० सालको महाभुकम्पमा भत्केको थियो। त्यही भत्केको सत्तलको पुनररुपमा यो सत्तल त्यो बेला बनाइएको थियो।
भत्केको सत्तल तत्कालिन समयमा अहिलेको मत्स्येन्द्र बहालको उत्तरपत्तीको प्रबेसद्वार पाटीभन्दा बाहिर दायाँ पश्चिम मुख रहेर बनेको थियो। उक्त सत्तलको केही अवसेस उत्खनन गरे अझै पनि भेटिने एक जेष्ठ नागरिक बताउनु हुन्छ ।
बुङगमतिका केही पुराना तस्बिरहरू हेर्न तल क्लिक गर्नु होश
Bungamati Archive
No comments:
Post a Comment